१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १९:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

अभिनयात्मक कविता वाचनमा मोक्षदालाई सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १९:४२:oo

लिट्टल एन्जल्स स्कुलले आयोजना गरेको अभिनयात्मक कविता वाचन प्रतियोगितामा मोक्षदा स्कुलका निरञ्जन उप्रेती प्रथम भएका छन् । 

प्रतियोगिता आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा आयोजना भएको थियो । 

प्रतियोगितामा मोक्षदाका उप्रेतीले कवि राजु स्याङ्तानद्वारा रचिएको ‘दाइ हराएको सूचना’ शीर्षकको कवितामा अभिनयात्मक कला प्रदर्शन गरेका थिए । 

ब्राइट फ्युचर स्कुलका सुशान्त कोइरालाले द्वितीय स्थान प्राप्त गरेको प्रतियोगितामा आदर्श विद्या मन्दिरका सक्षम श्रेष्ठले तृतीय स्थान प्राप्त गरे । 

त्यसैगरी त्रियोग स्कुलकी सोनिया निरौला र भेलोसिटी स्कुलकी सहन कार्कीले सान्त्वना पुरस्कार प्राप्त गरे ।  

विजयी प्रतियोगीहरूलाई निर्णायक अशेष मल्ल, विष्णुविभु घिमिरे र राजेन्द्र शलभ तथा विद्यालयका प्रधानाध्यापक मुकन्दराज शर्माले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

ad
ad