१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o८:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

उपत्यकामा ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o७:oo

 उपत्यकाका स्थानीय तहहरूले ‘लामुखट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा स्वास्थ्य विभागका प्रमुखसँग यसबारे छलफल गरेको हो । 

महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले अभियान चार महिनासम्म सञ्चालन गरिने जानकारी दिए । ‘अबको चार महिना डेंगु संक्रमण बढ्ने जोखिम निकै हुन्छ,’ उनले भने, ‘यही कारण चार महिना लामुखट्टेको वासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्नेछन् ।’ 

स्थानीय तहले प्रत्येक साता टोल–टोलमा गएर पानी जम्ने ठाउँ खोजी गरी पुर्नेछन् । महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले महाशाखाबाट उपत्यकाका सबै स्थानीय तहलाई रोकथाम र नियन्त्रण गर्न आग्रह गर्दै यसका लागि आवश्यक सहयोग उपलब्ध गर्ने जानकारी दिए । 

ad
ad