१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २१ बिहीबार
  • Wednesday, 26 June, 2024
२o८o असार २१ बिहीबार १o:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगर र मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार २१ बिहीबार १o:३३:oo

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिबीच भगिनी सम्बन्ध कायम भएको छ । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र मालिका गाउँपालिका गुल्मीका अध्यक्ष देवीराम अर्यालले भगिनी सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन् । 

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले भगिनी सम्बन्ध गाँस्नु भनेको दु:ख–सुख आदानप्रदान गर्नुभएको बताए । उनले भने, ‘हामी मित हौँ, दु:ख–सुख साट्छौँ, सहयोग गर्छौँ ।’ 

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले कला, संस्कृति र सम्पदाको सहर ललितपुरसँग भगिनी सम्बन्ध गाँस्न पाउनु गौरवको कुरा भएको बताए । यो सम्बन्धले मालिका गाउँपालिका लाभान्वित हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘ललितपुर महानगर हाम्रा लागि खुला विश्वविद्यालय हुनेछ, हामी असल अभ्यास सिक्नेछौँ ।’ पूर्वसचिव भीम उपाध्यायले कला र संस्कृतिको सहरले विकट जिल्ला गुल्मीको मालिका गाउँपालिकासँग भगिनी सम्बन्ध गाँस्नु महत्वपूर्ण भएको बताए । 

ad
ad
ad
ad