१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महासंघ र परिसंघबीच आपसी सहकार्यमा जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:३१:oo

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजी क्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारी तथा कार्यकारी समितिलाई बधाई एवं शुभकामना प्रदान गर्न महासंघले सोमबार आयोजना गरेको कार्यक्रममा दुवै संस्थाको नेतृत्वले सहकार्यमा जोड दिएका हुन् ।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्र विषम परिस्थितिमा रहेको हुँदा सहकार्य आवश्यक रहेको बताए । उनले भने, ‘हामीले विगतमा पनि सहकार्य गरेर सुखद नतिजा ल्याउन सफल भएका थियौँ र अब पनि यसलाई निरन्तरता दिनुपर्छ ।’

निजी क्षेत्रका तीन छाता संस्थाहरू महासंघ, परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त रूपमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव पेस गर्दै छन् । यसले थप सकारात्मक सन्देश दिने महासंघ अध्यक्ष ढकालले बताए । 

परिसंघका अध्यक्ष अग्रवालले नीतिगत पैरवीका लागि दुवै संस्थाका समितिहरूबीच पनि सहकार्य आवश्यक रहेको औँल्याए । महासंघको स्वागतका लागि धन्यवाद दिँदै उने भने, ‘हामीले सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्छ ।’

परिसंघको यही असार ९ गते अध्यक्ष अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । सोमबारको छलफलमा परिसंघ र महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यको सहभागिता थियो ।

ad
ad