१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १७ आइतबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o असार १७ आइतबार ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोदा नदीमा डुबेर युवकको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o असार १७ आइतबार ११:४५:oo

कञ्चनपुरको दोदा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। शनिबार राति दोदामा डुबेर लालझाडी गाँउपालिका–४ जाइका ४५ वर्षीय करनसिंह साउदको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीले नुहाउने क्रममा साउदको मृत्यु भएको बताए। प्रवक्ता डाँगीले भने, ‘दोदा नदी किनारमा मृत भेटिएका साउदको प्रकृति हेर्दा डुबेरै मृत्यु भएको देखिन्छ। तैपनि हामी थप अनुसन्धान गरिरहेका छौँ।’

बाख्रा चलाउन घरदेखि झन्डै पाँच सयमिटर दूरीमा रहेको दोदा नदी क्षेत्रनजिकै जंगलमा शनिबार दिउँसो गएका साउद घर नपाएपछि घर परिवारले खोज्ने क्रममा उनको शव फेला पारेका थिए। शव पोष्टमाष्र्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।