१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

समाज रूपान्तरणको अभिभारा पूरा भइसकेको छैन : पूर्वराष्ट्रपति भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३२:oo

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रूपान्तरणको अभिभारा पूरा भइनसकेको बताएकी छिन्। बिहीबार काठमाडौंमा मदन भण्डारीको ७२औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

समाज रूपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको उनको भनाइ छ। भण्डारीले जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पनाको दायित्व पूरा भइनसकेको बताइन्। 

‘जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन। राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भएका छन्। तर, नेपाली क्रान्ति सम्पन्न भइसकेको छैन। केवल सुरुवात भएको छ। यसमा पर्याप्त सुधार, परिवर्तन तथा रूपान्तरणका सम्भावनाहरू बाँकी नै छन्,’ उनले भनिन्।

ad
ad