१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भन्सार एजेन्ट प्रतिनिधि आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२o:oo

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले आफ्नो रोजगारी खोसेको भन्दै भन्सार एजेन्ट प्रतिनिधिहरू आन्दोलित भएका छन् ।

आर्थिक विधेयक २०८० ले भन्सारमा एजेन्टका प्रतिनिधिलाई स्वीकार गरेको छैन। अर्थात्, अब भन्सार एजेन्टका प्रतिनिधिले जाँचपास गर्न पाउनेछैनन्। सोही व्यवस्थाको विरोधमा भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले आन्दोलन घोषणा गरेको हो।

भन्सार एजेन्टको प्रतिनिधिका रूपमा भन्सार जाँचपासको काम गर्दै आएका थिए। तर, आर्थिक विधेयकले प्रतिनिधि शब्द हटार एजेन्ट मात्रै राखेको छ। सोही व्यवस्थाअनुसार १ साउनदेखि आफूहरू बेरोजगार हुने भन्दै एजेन्टका प्रतिनिधिहरू आन्दोलित भएका हुन्।

उनीहरूले आइतबारदेखि भन्सार विभागमा धर्ना दिने कार्यक्रम घोषणा गरेका छन्। ‘हामीले आर्थिक विधेयकको उक्त व्यवस्थाका बारेमा ज्ञापनपत्र बुझाइसकेका थियौँ, तर त्यसबारे सारोकारवाला पक्षबाट कुने पनि सुनुवाइ नभएको हुनाले हामीले चरणबद्ध रूपमा धर्ना तथा विरोधका कार्यक्रम गर्नेछौँ,’ संघको विज्ञप्तिमा उल्लेख छ।

भन्सार एजेन्ट प्रतिनिधिको आन्दोलनलाई भन्सार एजेन्ट परिषद् नेपालले समेत ऐक्यबद्धता जनाएको छ। एजेन्टा प्रतिनिधिको रोजगारी खोस्न नहुने भन्दै विधेयकको उक्त व्यवस्था हटाउनसमेत परिषद्ले सरकारको ध्यानाकर्षण गराएको छ।

ad
ad