१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ११ सोमबार
  • Friday, 09 May, 2025
२o८o असार ११ सोमबार १३:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव ढकालको डेढ करोड अवैध सम्पत्ति, मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असार ११ सोमबार १३:४९:oo

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. प्रदीप ढकालविरुद्ध डेढ करोड अवैध सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनी अघिल्लो कार्यकालका सदस्यसचिव हुन्। अख्तियारले उनीविरुद्ध एक करोड ४४ लाख ११ हजार सात सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको आरोप लगाएको छ। उनी कोषमा ३२ साउन ०७४ देखि ३० जेठ ०७९ सम्म सदस्यसचिव थिए। सोही अवधिमा उनले गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ।

हाल जलहरी मुद्दामा अख्तियारले छानबिन गरिरहेका वेला पूर्वसदस्यसचिवमाथि गैरकानुनी सम्पत्ति आर्जनमा मुद्दा चल्नुलाई अर्थपूर्ण मानिएको छ ।