१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

ओलीले गरे नेपाली टोलीको प्रशंसा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४३:oo

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकदिवसीय विश्वकप ग्लोबल छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हौस्याएका छन् । ग्लोबल छनोटमा नेपालको नतिजा अपेक्षाकृत नभए पनि खेलाडीहरूको मिहिनेत कमजोर नभएको ओलीले आइतबार सोसल मिडियाबाट जनाएका छन् । 

उनले सोसल मिडियामा ‘यात्रा जारी छ’ शीर्षकमा नेपाली टोलीका खेलाडीलाई नतिजाबाट निराश नहुन जोड दिएका छन् । ‘कहिलेकाहीँ मिहिनेतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ, यसबाट निराश हुनुहुँदैन,’ ओलीले सोसल मिडियामा भनेका छन्, ‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मिहिनेत कमजोर थिएन, मिहिनेतका लागि धन्यवाद नेपाली क्रिकेट टिम !’ जिम्बावेमा शनिबार भएको महत्वपूर्ण खेलमा नेदरल्यान्ड्स सात विकेटले विजयी भएको थियो । हारसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । 

‘आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ, मिहिनेत जननी हो भने परिणाम शिशु,’ अध्यक्ष ओलीले भनेका छन् । नेपाली टोली नेपाल फर्किएपछि सँगै खाना खाने गरी भेटौँला भन्दै ओलीले एउटा असफलता यात्राको अन्त्य नभएको बताएका छन् । ‘नेपाल फर्केपछि सँगसँगै खाना खाने गरी भेटौँला,’ उनले खेलाडीलाई हौसला दिँदै भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।’ 

अध्यक्ष ओलीले आफूले नेपाल र नेदरल्यान्ड्सबीचको खेल मोबाइलबाट लाइभ हेरेको उल्लेख गरेका छन् । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भए पनि खेल हेरेको उनको भनाइ छ । 

ad
ad