१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ८ शुक्रबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o असार ८ शुक्रबार १५:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती गर्न एमालेको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ८ शुक्रबार १५:३२:oo

नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीको सचिवालयको दरबन्दी कटौती र सचिवालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतका शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुतिसहित छलफलमा भाग लिँदै  उनले यस्तो माग गरेका हुन्। प्रधानमन्त्रीको सचिलवालयमा ७९ जनाको दरबन्दी रहनु आवश्यकताभन्दा बढी भएको र भएका कर्मचारीलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकिएको उनको दाबी छ।

प्रमुख सचेतक गिरीले नीति तथा कार्यक्रममा उल्लेख भएका हातहतियार खरिद गर्ने विषय बजेटमा नल्याइनु विडम्बना भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पर्यटनलक्षित नयाँ कार्यक्रम नभएको बताए। उनले विनातयारी विमानस्थलको संख्या बढाउँदै मुलुकले आर्थिक नोक्सानी व्यहोर्नेतर्फ पनि ध्यानाकर्षण गराए। रासस