Skip This
मनमोहन विश्वविद्यालयमा औषधि विज्ञानतर्फ स्नातक तहको पढाइ सुरु 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार ७ बिहीबार
  • Wednesday, 12 August, 2026
गणेश लम्साल विराटनगर
२o८o असार ७ बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनमोहन विश्वविद्यालयमा औषधि विज्ञानतर्फ स्नातक तहको पढाइ सुरु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८o असार ७ बिहीबार १२:२२:oo

मनमोहन प्राविधिक विश्वविद्यालयले मेडिकल र स्वास्थ्यतर्फ औषधि विज्ञानमा स्नातक तहको पठनपाठन सुरु गरेको छ।

दुई वर्ष अघिदेखि नै इन्जिनियरिङ विषयमा पठनपाठन सुरु गरेको मनमोहनले  चालू शैक्षिक सत्रदेखि औषधि विज्ञानतर्फको स्नातक तह ‘बी फार्मेसी’ (ब्याचलर अफ फार्मेसी)को पठनपाठन सुरु गरेको हो।

स्कुल अफ मेडिसिन एन्ड एलाइड हेल्थ विभागले ‘बी फार्मेसी’  पढ्नका लागि भर्ना भएका विद्यार्थीलाई स्वागत गरेर यही असारदेखि नियमित कक्षा पनि सुरु गराइसकेको मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले बताए। उनका अनुसार चारवर्षे स्नातक तहको बी फार्मेसी कोर्स पढ्न मोरङ, सुनसरी, पर्सा, सप्तरीलगायतका जिल्लाबाट विद्यार्थी भर्ना भएका छन्।

विभागीय प्रमुख विजय रिजालका अनुसार चारवर्षे ‘बी फार्मेसी’ कोर्स कुल आठ सेमेस्टरमा पढाइ हुनेछ । विश्वविद्यालयका बोर्ड सदस्य सत्यनारायण चौधरीका अनुसार मेडिसिन एन्ड हेल्थ साइन्सका लागि ४० विद्यार्थी पठनपाठन गराउन अनुमति मागे पनि मेडिकल काउन्सिलले १० जनाका लागि मात्र अनुमति दिएको हो।