Skip This
जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जलविद्युत् आयोजना बगाउँदा मैवाखोला गाउँपालिका अन्धकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:o४:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघुजलविद्युत् आयोजना आइतबार राति गएको पहिरोले बगाएको छ । गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका लघुजलविद्युत्का केहीको पावरहाउस र केहीको पानीट्यांकी बगाएको छ ।

१८ किलोवाटको लोदम्बा हाइड्रोे बगाउँदा गाउँमा अन्धकार भएको छ । ३६ किलोवाटको याम्फेवा हाइड्रोपावर हाउसलगायतमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए ।

३२ र ६४ किलोवाटको माङमाया १ र माङमाया २ आयोजना पूर्णरूपमा क्षति भएको छ । मैवाखोला क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघुजलविद्युत् आयोजना बगाएको अध्यक्ष वनेमले बताए । प्रायः सबै हाइड्रो बगाएपछि मैवाखोला गाउँपालिका अन्धकार बनेको छ । मोबाइल तथा विद्युतीय सामग्री बन्द भएका छन् । 

बाढीपहिरोका कारण ६ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । साँघुपाटी, कोलडाँडा, मैवाखोला ४ गौडे, बुङधक तुम्बे–नेरा, चप्लिङ, मजुवा ताम्राङ बृहत् खानेपानी आयोजनामा क्षति पुगेको हो । बाढीले मदन भण्डारी राजमार्गअन्तर्गत मैवाखोला– २ र ३ जोड्ने माङमाया खोलामा रहेको मोटरेबल पुल बगाएको छ ।

मैवाखोला– १ र मेरिङदेन जोड्ने खोलाको झोलुंगे पुलमा पनि क्षति पुगेको छ । केन्द्रीय प्रसारण लाइनको पोल ढल्दा मैवाखोलाको केन्द्र साँघुमा विद्युत् अवरुद्ध बनेको छ । नेरुवा खोलाको काठेपुल र माङमाया खोला सुन्तलेनजिकैको झोलुंगे पुल बाढीले बगाएको छ ।

गाउँपालिका विपत् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनीकरणका सम्बन्धमा आवश्यक निर्णय गरेको छ । 

ad
ad