१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किसानका लागि न्यूनतम मूल्य र बजारको ग्यारेन्टी सरकारले गरोस् : सांसद चौधरी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले कृषिवस्तुको न्यूनतम मूल्य र बजारको आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले नेपाललाई आत्मनिर्भर बनाउने हो भने सरकारले कृषिवस्तुको बजार र त्यसको न्यूनतम मूल्य तोकेर अघि बढ्नुको विकल्प नरहेकोसमेत बताए। 

प्रमुख सचेतक चौधरीले किसानहरूले न्यूनतम मूल्यसमेत नपाएपछि पछिल्लो समय कालीमाटी बजारमा टमाटरलगायतका तरकारी फ्याँक्नुपर्ने अवस्था आएको उल्लेख गर्दै उनीहरूलाई हतोत्साही हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए। 

‘चाहेका वेला किसानले मल, बिउ पाउँदैनन्। त्यसको बाबजुद पनि उत्पादन गर्छन्। न बजारको ग्यारेन्टी छ न मूल्यको ग्यारेन्टी। तैपनि उत्पादन गरिरहेकै छन्। पछिल्लो समय कालीमाटी मूलगेटमा टमाटरलगायतका तरकारी फालेर किसानले विरोध गरेका छन्। किसान आफ्नो पेसामा हतोत्साही छन्। यदि नेपाललाई आत्मनिर्भर बनाउने हो भने कृषिवस्तुका लागि बजारको ग्यारेन्टी गर्ने कुरा र मिनिमम सपाेर्ट प्राइज कन्फर्म गर्ने कुरा गरोस् भनी सरकार र सम्बन्धित मन्त्रालयसँग माग गर्दछु,’ उनले भने। 

प्रमुख सचेतक चौधरीले किसानलाई मल, बिउलगायतका आवश्यक वस्तुको व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।