१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एमालेको बुद्धिजीवी परिषद् इन्चार्जको जिम्मेवारी विद्या भट्टराईलाई 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४२:oo

नेकपा एमालेले नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारी पार्टीको केन्द्रीय सदस्य विद्या भट्टराईलाई दिएको छ । भर्खरै मिसन ग्रासरुट अभियान सम्पन्न गरेको एमालेले अहिले देशभरका संगठन र जनसंगठनहरूको नेतृत्व परिवर्तन गरेको छ । 

यसै क्रममा पार्टीले भट्टराईलाई नेपाल बुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारीमा पठाएको हो । परिषद्को अध्यक्ष डा. दिनेशचन्द्र देवकोटा रहेका छन् । 

भट्टराईभन्दा अगाडि परिषद्को इन्चार्ज मनोजजंग थापा थिए । पार्टीले उनलाई अन्तै जिम्मेवारी तोकेको छ । परिषद्ले नयाँ इन्चार्जलाई स्वागत गरेको छ । परिषद्ले नयाँलाई स्वागत र पुरानालाई बिदाइ कार्यक्रम गरेको अध्यक्ष देवकोटाले जानकारी दिए । 

उनले थापालाई बिदाइ गर्दै उनीसँगको काम गर्दाको रमाइलो क्षणहरूको स्मरण गरे । उनले थापाको आवश्यकता परिषदमै भए पनि पार्टीले अन्तै आवश्यकता महसुस गरेकाले अन्त जानुपरेको देवकोटाले बताए । 

थापा भूगोलको राजनीति गर्न सिन्धुली जान लागेको भन्दै देवकोटाले थप राजनीतिक सफलताको शुभकामनासमेत दिए । देवकोटाले परिषद्लाई दिएको योगदानजस्तै भूगोलमा पनि थापाले योगदान गर्ने आशा व्यक्त गरे ।

निवर्तमान इन्जार्च थापाले परिषद्ले सबै जिल्लामा संगठन बनाएर केन्द्रीय महाधिवेशन गर्न सफल हुनु सराहनीय काम भएको बताए । परिषद्को चार दिन लामो भएको अधिवेशनबाट विकासलाई मौलिकतामा लैजाने मोडल विकास गर्नुपर्ने परिषद्को निष्कर्ष महत्वपूर्ण रहेको थापाले बताए । थापाले परिषद्ले आगामी दिनमा विचार र सिद्धान्तलाई बढी ध्यान दिएर अगाडि बढ्न पनि सुझाव दिए ।

कास्कीको सहइन्चार्जको जिम्मेवारी पूरा गरिसकेकी भट्टराईले आफूलाई पार्टीले परिषद्को इन्चार्जको जिम्मेवारी दिए पनि परिषद्को अध्यक्ष, पदाधिकारी र सदस्यहरूलाई अभिभावक ठानेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पार्टीले फरक क्षेत्र र भूगोलका ज्ञान प्राप्त गर्दा मात्र नेता परिपक्व हुने नीतिअन्तर्गत सबै नेताहरूको जिम्मेवारी हेरफेर गरिएको भट्टराईले बताइन् । 

थापा इन्जार्च भएर आएको १७ महिना नाै दिन भएको स्मरण गर्दै परिषद्को महासचिव गजेन्द्र थपलियाले उक्त समयमा प्रतिकूल अवस्था रहेको बताए । थापाले परिषद्को प्रतिकूल अवस्थालाई अनुकूल अवस्थामा ल्याएको थपलियाले स्मरण गरे।

ad
ad