१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार २१:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मधेस सरकारले ल्यायो ४४ अर्बको बजेट

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:१६:oo

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री सञ्जयकुमार यादवले शुक्रबार मधेस प्रदेश सभामा चालू आर्थिक वर्षको भन्दा चार अर्ब न्यून आकारको बजेट सार्वजनिक गरेका हुन् । 

बजेटमा चालूतर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिशत, पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ २० करोड अर्थात् ०.५४ प्रतिशत विनियोजन गरिएको छ ।

चालू आर्थिक वर्षमा मधेस प्रदेश सरकारले ४६ अर्ब ९१ करोड ४८ लाख ८८ हजारको बजेट ल्याएको थियो । सोमध्ये चालू आर्थिक वर्षमा ६५ प्रतिशत बजेट खर्च हुने प्रदेश सरकारको अनुमान रहेको छ । 

ad
ad