१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार १ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार १ शुक्रबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारी वकिलको दाबी– अभियुक्तले प्रमाण मेटाए, छाडिए सोही अवस्था दोहोरिन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार १ शुक्रबार १४:३४:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलहरूले जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतमा भएको जवाफी बहसका क्रममा सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले अभियुक्तहरूलाई छाड्न नहुने बताए।

अभियुक्तमध्येका टोपबहादुर रायमाझी भागेपछि प्रमाण लोप भएको उनको भनाइ थियो । पक्राउ परेपछि पनि प्रहरीकै अगाडि प्रमाण मेटाउने प्रयास भएको उल्लेख गर्दै न्यौपानेले अब पनि छाडिए सोही अवस्था आउने भएकाले थुनामै राखेर थप अनुसन्धान हुनुपर्ने बताए।

‘प्रतिवादीहरूलाई छाडिए प्रमाण लोप हुने अवस्था छ। पक्राउ पर्ने थाहा भएपछि टोपबहादुर रायमाझी भागे, प्रमाण लोप भयो। पक्राउ पर्दा प्रहरीकै अगाडि प्रमाण मेटाउने प्रयास भयो। अब पनि छाडियो भने सोही अवस्था आउँछ श्रीमान्,’ सहन्यायाधिवक्ता न्यौपानेले भने।

यो मुद्दालाई दुईजनाबीचको ठगीका रूपमा मत्र हेर्न नमिल्ने उनको तर्क छ। ‘उच्च ओहाेदामा आसिन कर्मचारी, शक्तिशाली व्यक्ति र दलालले कसरी ठगी गरे प्रस्ट छ। यसलाई ठगीको मात्र दृष्टिले हेर्न मिल्दैन,’ उनले एकभन्दा बढी मुद्दा चलाउनुको कारणबारे भने। 

त्यसैगरी, जिल्ला न्यायाधिवक्ता महेश खत्रीले पुनः यस्तो घटना नदोहोरियोस् भन्नका लागि पनि प्रतिवादीहरूलाई थुनामा राख्नुपर्ने तर्क गरे।