Skip This
बागमती प्रदेशमा आर्थिक सर्वेक्षण पेस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३२ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o जेठ ३२ बिहीबार १८:४३:oo
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशमा आर्थिक सर्वेक्षण पेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ३२ बिहीबार १८:४३:oo

बागमती प्रदेश सरकारले बिहीबार बसेको प्रदेश सभा बैठकमा आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षण पेस गरेको छ। सरकारका तर्फबाट प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले आर्थिक सर्वेक्षण पेस गरेका हुन्। 

आर्थिक सर्वेक्षणमा प्रदेश सरकार स्थापना भएको ५ वर्षको अवधिमा आम्दानी र खर्च वर्षेनी बढ्दो अवस्थामा रहेको उल्लेख गरिएको छ। सुरुवाती वर्षहरूको तुलनामा क्रमिक रूपमा प्रदेश सरकारको आम्दानी र खर्चको दायरामा वृद्धि भइरहेको पनि आर्थिक सर्वेक्षणमा उल्लेख छ।

सर्वेक्षण अनुसार आर्थिक वर्ष ०७६/७७ मा अघिल्लो वर्षको तुलनामा आय ४३.१३ प्रतिशतले वृद्धि भएको थियो भने खर्च ३५.३५ प्रतिशतले वृद्धि भएको थियो। यस्तै, आर्थिक वर्ष ०७७/७८ मा अघिल्लो वर्षको तुलनामा आय २७.०८ र खर्च २७.३६ प्रतिशतले वृद्धि भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ। आर्थिक वर्ष ०७८/७९ मा आय १८.०७ प्रतिशत र खर्च ६.७३ प्रतिशतले वृद्धि भएको छ।

चालू आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन २ हजार ४५५ अमेरिकी डलर रहने र प्रदेशको उत्पादन वृद्धिदर १.८ प्रतिशत कायम रहने अनुमान गरिएको छ। आर्थिक वर्ष ०७९/८० मा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन मूल्य ३६.८० प्रतिशत अर्थात् (१९ खर्ब ८१ अर्ब ३३ करोड रुपैयाँ) रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणमा गरिएको छ ।

चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७७.४ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११.४ प्रतिशत रहेको छ भने प्रदेशको वृद्धिदर १.८ प्रतिशत कायम हुने अनुमान गरिएको छ ।

यस्तै, थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको योगदान ४ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ, घरजग्गा कारोबार सेवाको योगदान २ खर्ब ६३ अर्ब ८७ करोड रुपैयाँ, वित्तीय तथा बिमा क्रियाकलापहरूको योगदान १ खर्ब ७६ अर्ब रुपैयाँ र उत्पादनमूलक उद्योगको योगदान ८९ अर्ब २९ करोड रुपैयाँ रहेको छ।

चालू आर्थिक वर्ष ०७९/८० को फागुन मसान्तसम्म प्रदेशमा १६ हजार ४८० किलोमिटर सडक निर्माण भएको, १ हजार १ सय ४९ मेगावाट विद्युत् उत्पादन भइरहेको उल्लेख छ। यसैगरी, प्रदेशमा चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ५३ हजार ९५६ नयाँ सवारीसाधन दर्ता भएका छन्। प्रदेशमा कुल १५ वटा निकायअन्तर्गतका १८४ वटा कार्यालयहरू रहेका छन् भने सो कार्यालयका लागि ४ हजार १ सय १९ कर्मचारीको स्वीकृत दरबन्दी रहेको छ।

प्रदेश सरकारले बिहीबार प्रदेशको आर्थिक सर्वेक्षण गरेसँगै असार १ गते शुक्रबार आगामी आर्थिक वर्ष ०८०/८१ को अनुमानित आय व्यव प्रस्तुत गर्दै । भोलि दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।