१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोठाटारको ३१ रोपनी जग्गा बिचौलियाले अपचलन गरेका छन् : सांसद आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:oo:oo

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले पशुपति क्षेत्रको ३१ रोपनी जग्गा बिचौलियाले अपचलन गरेको दाबी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पशुपति क्षेत्र विकास कोषको जग्गा बिचौलियाले अपचलन गरेको बताए। पशुपतिको मूर्ति तथा बहुमूल्य सम्पदा चोरिँदासमेत मन्त्री र पदाधिकारी मस्त निद्रामा रहेको उनको आरोप छ।

‘मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ। कोषको अध्यक्ष मन्त्री र पदाधिकारी मस्त निद्रामा छन् । गोठाटारको पाँच सय ३५ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरी त्यही जग्गा अपचलनमा मुछिएका बिचौलियालाई कोषको सदस्यमा नियुक्ति दिइएको छ। गोठाटारको जग्गाको विषयमा सत्यतथ्य ल्याउने सदस्यलाई हटाउन स्पष्टीकरण सोधिएको छ,’ आलेले भने।

सांसद आलेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले विगत तीन महिनामा नेपाल वायुसेवा निगमले चार अर्ब नाफा कमायो भनेर झुटाे प्रचार गरेको आरोपसमेत लगाए। निगमको यथार्थ आर्थिक अवस्थाबारे संसद्लाई जानकारी गराउन उनले माग गरेका छन्।

‘यस वर्ष महालेखाकाे प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा एक अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कुल ऋण ५० अर्ब नाघिसकेको छ । तर, तीन महिनामा निगमले चार अर्ब नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झुटो बोलेको सुनियो,’ आलेले भने।