१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेपाल एयरलाइन्सको आजदेखि भैरहवामा अन्तर्राष्ट्रिय उडान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:o६:oo

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। 

निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे  विमानस्थलमा अवतरण गरेको थियो । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय विमानस्थल पुगेका थिए । 

जहाजले मलेसियाबाट भैरहवा आएका ३५ जना यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो । निगमले हरेक हप्ता मंगलबार मलेसियादेखि भैरहवा काठमाडौं उडान नियमित गर्ने जनाएको छ । 

२०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन ।  कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि  उडान रोकेको छ।

ad
ad