मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २९ सोमबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २९ सोमबार २o:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सार्कस्तरीय बुद्धिचाल भोलिदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २९ सोमबार २o:५५:oo

नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोस्रो सार्क बुद्धिचाल च्याम्पियनसिप आजदेखि हुँदै छ । ४ असारसम्म हुने प्रतियोगितामा महिला र पुरुष गरी दुई स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । 

प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका समान १० पुरुष र महिलाले राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो । 

नेपालबाट पुरुष च्याम्पियन तथा फिडेमास्टर रूपेश जयसवाल र रनरअप सुरवीर लामाले भाग लिने छन् । महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङले प्रतिस्पर्धा गर्नेछन् । 

अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भएपछि साउथ एसियन चेस काउन्सिलका अध्यक्षको परामर्शमा थप एक-एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष बिदुर गौतमले जानकारी दिए । 

च्याम्पियनसिपमा पुरुषतर्फका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो स्थान रक्षा गर्ने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला विजेताले एक लाख, उपविजेताले ६० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ४० हजार रुपैयाँ हात पार्नेछन् ।