१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २८ आइतबार
  • Sunday, 11 May, 2025
रासस इस्लामाबाद
२o८o जेठ २८ आइतबार १२:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा भीषण वर्षा र चट्याङमा परेर २८ जनाको मृत्यु, एक सय ४० भन्दा बढी घाइते

Read Time : < 1 मिनेट
रासस, इस्लामाबाद
नयाँ पत्रिका
२o८o जेठ २८ आइतबार १२:४४:oo

पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाबका विभिन्न भागमा शनिबार परेको भारी वर्षा र चट्याङका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ भने एक सय ४० जनाभन्दा बढी घाइते भएका छन्।

प्रान्तीय विपत् व्यवस्थापन प्राधिकरणका अनुसार खैबर पख्तुनख्वाको बन्नु, डेरा इस्माइल खान, करक र लक्की मारवतमा वर्षाका कारण २५ जनाको मृत्यु भएको हो। एक सय ४५ जना घाइते भएका र बाढीका कारण  ६९ घरमा आंशिक क्षति भएको पाकिस्तानी प्रसारण संस्था जियो न्युजले जनाएको छ।

प्राधिकरणका अनुसार करकमा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । वर्षाका कारण डेरा इस्माइल खानमा एक बालकको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन्।

बाढी प्रभावित  खैबर पख्तुनख्वाका सबै क्षेत्रमा खोजी तथा उद्धार जारी छ । पीडितलाई राहत सामग्री उपलब्ध गराइएको तथा त्यो अहिले जारी रहेको उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई अस्पताल पुर्‍याइएको छ ।  आँधीबेहरीसहितको भारी वर्षाले पञ्जाब प्रान्तका धेरै क्षेत्रमा भौतिक क्षति भएको छ । प्रान्तका सरगोधा, गुजरनवाला, फैसलाबाद अधिक प्रभावित भएका छन् ।