Skip This
गौचरनमा परिणत हुँदै गुल्मीको लखन थापा रंगशाला, ५ वर्षमा ५ प्रतिशत भौतिक प्रगति
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २७ शनिबार
  • Friday, 26 July, 2024
२o८o जेठ २७ शनिबार १२:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गौचरनमा परिणत हुँदै गुल्मीको लखन थापा रंगशाला, ५ वर्षमा ५ प्रतिशत भौतिक प्रगति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २७ शनिबार १२:१६:oo

गुल्मीको इस्मा गाउँपालिकामा सहिद लखन अन्तर्राष्ट्रिय फुटबल रंगशाला निर्माण सुरु भएको पाँच वर्ष भयो। इस्मा– ६ अम्मरपुर बुल्मको राङदल चौरमा ०७४ सालबाट निर्माण सुरु गरिएको रंगशालाको भौतिक प्रगति भने हालसम्म पाँच प्रतिशत मात्रै छ।

योजना कार्यान्वयन गर्ने निकाय राष्ट्रिय खेलकुद परिषद्का इन्जिनियर माधव देवकोटाका अनुसार रंगशालाको माटो कटिङ, फिलिङ, वाल निर्माण र दुबो रोप्ने काम मात्रै भएको छ। डिपिआरअनुसार यो १५ हजार दर्शक क्षमताको रंगशाला हो। प्याराफिट, स्विमिङ पुल, कभर्ड हललगायत दर्जनौँ संरचना निर्माण हुन बाँकी रहेको देवकोटाले बताए। उनले विगत तीन वर्षदेखि बजेट नभएका कारण कुनै काम नभएको प्रतिक्रिया दिए। सुनकोसी अभियान जेभीले तीन करोड १० लाख रुपैयाँमा रंगशाला निर्माणको जिम्मा लिएको थियो।

पाँच वर्षमा रातो माटो झिक्ने राङदलचौर दुबो रोपेपछि हरियो बन्यो। चिटिक्क बन्न थालेपछि स्थानीयलाई रंगशालाले नयाँ आशा जगायो। तर, नियमित काम नभएर रंगशाला गौचरन बन्न थालेपछि भने आशा निराशामा परिणत भएको छ। ‘रंगशाला निर्माणले जिल्लाभर युवाहरूमा ऊर्जा भरिएको थियो। सत्ताकेन्द्रित नेताका मानसिकताले महत्वपूर्ण योजनाहरू अलपत्र परे,’ स्थानीय युवा योगेश खनालले भने, ‘देशकै महत्वपूर्णमध्ये पर्ने रंगशाला गौचर बन्नु लाजमर्दो विषय हो।’

जिल्लामा केन्द्रीय तथा पालिकास्तरीय खेल मैदानहरूको अवस्था बिजोग छ। ठूला प्रतियोगिता गर्न खेलमैदान छैन। यो चौर जिल्लाकै ठूलो हो। मदन भण्डारी राजमार्गनजिकैको रंगशाला। छल्दी खोला र विचित्र गुफासँगैको कुमाल समुदाय बसोवास भएकाले रंगशाला निर्माणपछि स्थानीय र जिल्लाकोसमेत समृद्धि प्राप्त हुने आशा स्थानीयमा थियो।

रंगशालालाई गुल्मीका नागरिकको समृद्धिसँग पनि जोड्न ठूलो संघर्षले योजना समावेश गरे पनि विभिन्न कारणले बजेट कटौती हुँदा समस्या भएको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले बताए। उनले बहुवर्षीय योजना भएकाले रकम अभाव नहुनुपर्ने बताउँदै केन्द्रीयस्तरमा कामलाई निरन्तरता दिन आफूले जोड गरिरहेको बताए।