१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार १५:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ बसपार्कबाट मात्रै यात्रुवाहक बस छुट्ने व्यवस्था नगर्न सांसद सापकोटाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १५:४३:oo

प्रतिनिधिसभा सदस्य माधव सापकोटाले असार १ गतेदेखि गोंगबुस्थित बसपार्कबाट मात्रै यात्रुवाहक बस छुट्ने व्यवस्थाको अन्त्य गर्न काठमाडौं महानगरपालिका र सम्बन्धित मन्त्रालयलाई आग्रह गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले टिकट काट्नैका लागि समेत जडीबुटीबाट गोंगबुसम्म पुग्नुपर्ने बाध्यता रहेको बताए। यो निर्णय अव्यावहारिक रहेको भन्दै सांसद सापकोटाले निर्णय फिर्ता लिन माग गरे। 

‘हालै काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर जाने लामो र मध्यम दूरीमा चल्ने यात्रु बसले आगामी असार १ गतेदेखि गोंगबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जडीबुटीदेखि गोंगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्थाको सूचना गरेको छ । टिकट काट्न पनि त्यहीँ पुग्नुपर्ने नियम झनै अव्यावहारिक छ । जडीबुटीमा आएका बस गोंगबु पुग्नैपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जडीबुटी बसपार्क यथाशक्य सम्पन्न गरी सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालय र काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने।