१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २६ शुक्रबार १२:२६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यथास्थितिमा बजेट पास हुन दिँदैनौँ : अध्यक्ष नेपाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १२:२६:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन्। 

शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रूपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए। पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा विनापैसाको कुनै काम नहुने अवस्था आएको बताए। 

उनले जनतालाई पीडा दिने र शोषक–सामन्तहरू र दलालहरू हाबी हुन पुग्ने र इमानदार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए।

उनले भने, ‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ। पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ। असल बन्न सके, भ्रष्टाचारविरुद्ध उभिन सके बल्ल सत्य ठहरिन्छ। अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रूप आएको छ। भुटानी शरणार्थी प्रकरण होस् या कुनै पनि कामहरू विनापैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिविरुद्धमा जुध्नुपर्नेछ।’ 

अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरू सल्बलाएको बताउँदै उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको बताए। 

उनले भने, ‘हामीले समाजवादउन्मुख अर्थव्यवस्था निर्माण गर्ने भनेका छाैँ। अहिले हामीले बजेटबारे कडाइका साथ भनेका छौँ। यही अवस्थामा यही यथास्थितिमा बजेट पास हुँदैन। हामी प्रतिपक्षको सांसद भएर होइन, सत्तापक्षकै भएर पनि यही यथास्थितिमा यो बजेट पास हुन दिँदैनौँ। भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब भएको काम सञ्चालन गर्दा पाँच अर्ब बाँकी रह्यो। अब त्यो पाँच अर्बमा ११० करोड डडेलधुरामा, ५५ करोड गोरखामा ७०/७५ करोड नुवाकोटमा यो सबै जोड्दा दुई सय ३२ करोड ५ अर्बमध्ये तीनवटा जिल्लामा बाँकी दुई सय ६८ करोड ७४ जिल्लामा। यसरी बजेट विनियोजन भएको छ। आजको स्थितिमा यस्तो अन्यायपूर्ण गतिविधि हुन सक्दैन। एक सय ६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने खालको जुन प्रवृत्ति छ, यो कुरा सह्य हुँदैन। आजका जनता ०४८ सालका जनता होइनन्। अब कुनै पनि ठाउँमा हामी विभेद, अन्यायको विरुद्धमा लड्नेछौँ। सरकार छोड्नपरे परोस्, यो अन्याय सहनुहुँदैन।’