१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २५ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २५ बिहीबार १८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

संघीय निजामती सेवा ऐन लेखिसक्यौँ, कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २५ बिहीबार १८:५७:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन लेखनको काम सकिएको बताएका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले मन्त्रालयले संघीय निजामती सेवा ऐन लेखिसकेको बताएका हुन्।

मन्त्रालयले सरोकारवाला सबै पक्षसँग विभिन्न समयमा छलफल गरी लेखनको काम सकेको उनले जानकारी दिए। ऐनलाई अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाइएको र ती मन्त्रालयहरूबाट सहमति आउन बाँकी रहेको मन्त्री मोदीको भनाइ छ।

‘मैले संघीय निजामती सेवा ऐन बनाउने काम गरेँ। हाम्रो मन्त्रालयमा विभिन्न सरोकारवालाहरूसँग, पूर्वप्रधानमन्त्रीहरूसँग, पूर्वमन्त्रीहरूसँग, पूर्वप्रशासकहरूसँग, बहालवाला प्रशासकहरूसँग, सचिवहरूसँग, ट्रेड युनियनका साथीहरूसँग सबै सरोकारवालाहरूसँग सबै कुराहरू सुन्ने काम गरेर निजामती सेवा ऐनलाई अगाडि बढाउने काम गर्‍यौँ। हाम्रो मन्त्रालयको तर्फबाट सुरुवात गरेर लेखनको कुरा सकिसकेर अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएका छौँ। कानुन र अर्थको सहमति आउन बाँकी छ,’ उनले भने।

मन्त्री मोदीले तोकिएको क्षेत्रमा नजाने कर्मचारीहरूप्रति कडाइ गर्दै समस्या समाधानमा आफू दत्तचित्त भएर लागेको बताए।

ad
ad
ad
ad