१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Friday, 09 May, 2025
२o८o जेठ २४ बुधबार १७:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सञ्चालनमा आयो साइलेज उद्योग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार १७:o१:oo

चम्पानगरमा घाँसमा आधारित साइलेज उद्योग सञ्चालनमा आएको छ। 

भरतपुर १३, चम्पानगरमा रहेको उज्ज्वल दुग्ध उत्पादक सहकारीले पशु आहारा उत्पादनका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उत्पादन गरेको हो।

भरतपुर महानगरपालिका कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन शाखा र उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाको ५०/५० प्रतिशत लागत साझेदारीमा स्थापना भएको भएको हो।  

कुल ४२ लाख ३५ हजार लागतमा स्थापना भएको उद्योगको बुधबार भरतपुर १३ का वडाध्यक्ष प्रकाश दवाडीले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए। सुक्खा याममा घाँसको अभावमा दूध उत्पादन घट्ने हुँदा पहिले नै तयार पारेर राखेको साइलेज पशु आहारका लागि अत्यन्त उपयुक्त मानिन्छ। 

उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष होमनाथ सुवेदीले भने, ‘यो ठाउँका किसानहरूले महँगो मूल्यमा पराल किनेर ख्वाउनु बाध्यता हो। किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब स्थानीयस्तरमै उत्पादन हुँदा यसले यहाँका किसानलाई लाभ मिल्नेछ। अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत पनि बढेको छ। हामी प्रतिकेजी साढे ११ रुपैयाँको दरले वितरण गर्नेछौँ। जुन बजार मूल्यभन्दा सस्तो हो।’

उत्पादन लागत बढ्नु, बजारीकरणमा समस्या हुनुलगायत विविध समस्याका कारण कृषि तथा पशु किसान पलायन हुने क्रम बढेकाले यस पेसालाई जोगाउन उद्योग स्थापनाले टेवा पुग्ने विश्वास यहाँको किसानले लिएका छन्। 

२०४२ सालदेखि दुग्ध संकलनसँगै पशुपालक किसानहरूका लागि काम गर्दै आएको यो सहकारीले साइलेजको विस्तारका लागि मकै खेतीमा समेत किसानलाई सहयोग गर्ने कार्यक्रमको समेत तयारी गरेको छ।
 
देशकै मध्यभागमा रहेको चितवन जिल्ला दूधमा आत्मनिर्भर छ। यहाँका सहकारीहरूले पछिल्लो दिनमा व्यावसायिक रूपमा किसानको क्षमता बढाउने काम गर्दै आएका छन्। भरतपुर महानगरपालिकाले आफ्नो बजेटबाट प्रतिलिटर तीन रुपैयाँ अनुदान पनि दिने गरेको छ।