१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २४ बुधबार ११:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय युवा संघको प्रवक्तामा निरोज पौडेल नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार ११:३४:oo

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले नेताहरूको कार्यविभाजन गरेको छ। जसअनुसार युवा संघको प्रवक्ताको जिम्मेवारी निरोज पौडेलले पाएका छन्।

संघको नवाैँ राष्ट्रिय महाधिवेशन नेपालगन्जमा सम्पन्न भएको थियो। महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीसहित सदस्यहरूको नाम र जिम्मेवारी संघले सार्वजनिक गरेको छ।

यसैगरी उपाध्यक्षहरूलाई प्रदेशको उत्प्रेरक तोकिएको छ। जसअनुसार कोसीमा कृष्णहरि केसी, मधेसमा पुष्पराज श्रेष्ठ, बागमतीमा सीता सुवेदी, गण्डकीमा रमेश तिवारी, लुम्बिनीमा अमित लामा, सुदूरपश्चिममा महाराज गुरुङ, कर्णालीमा प्रकाश गौतम तोकिएका छन् ।

यसैगरी संगठनको दैनिक कामसँग सरोकार राख्ने प्रमुख विभागहरूलाई समेत जिम्मेवारी दिइएको छ ।  विनय शाहलाई विदेश विभागको जिम्मेवारी दिइएको छ भने राकेश राईलाई कोषाध्यक्षको जिम्मवारी दिइएको छ।

अमित पौडेललाई युथफोर्स, अजित लामालाई साइबर सर्कल, सम्पन्न श्रेष्ठलाई खेलकुल र कृष्णदत्त जैशीलाई कार्यालय विभागको जिम्मेवारी दिएको युवा संघले जनाएको छ।