Skip This
नाबालिका दिदीबहिनीमाथि  बलात्कार प्रयास, पाँचजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २४ बुधबार
  • Friday, 26 July, 2024
२o८o जेठ २४ बुधबार o७:o४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नाबालिका दिदीबहिनीमाथि  बलात्कार प्रयास, पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २४ बुधबार o७:o४:oo

प्रहरीले दुई नाबालिका दिदीबहिनीलाई करणी गर्न खोज्ने पाँचजनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–३ मसुरियाका १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक करणीको प्रयास गरेको भन्दै गढवा गाउँपालिका– ६ का दुईजना १६–१६ वर्षीय नाबालकसहित १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान, कपिलवस्तुको शिवराज नगरपालिका– ११ मैतहवाका २० वर्षीय जाविद खान पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमका अनुसार नाबालिकाहरू गढवा– ६ बुद्ध चोकस्थित साथीको घर गएका थिए । त्यही क्रममा उनीहरू नाबालिकाका पछाडि लागेका थिए ।

राति दुवै नाबालिकालाई उनीहरूले मोटरसाइकलमा लमही– ५ स्थित रातोडाँडा ल्याएका एक नाबालक अभियुक्तको कोठामा ल्याएर करणीको प्रयास गरेका थिए । पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान थालेको छ । उनीहरूविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता भएको छ ।