मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २२ सोमबार ०८:०५:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ २२ सोमबार ०८:०५:००

कांग्रेसका भ्रातृ संस्थाले महाधिवेशनमार्फत नेतृत्व पाउन किन यति धेरै सकस भएको होला ?
भ्रातृ संस्थामार्फत खारिएको नेतृत्व जन्मने र त्यसबाट नेतृत्वलाई चुनौती थपिन सक्ने भयले नेतृत्वले पार्टीका भ्रातृ संस्थाको महाधिवेशनमा चासो नदिएको हो । साथै, पार्टीका भ्रातृ संस्थाका नेतृत्वले पनि विधानअनुसार संस्था चलाउनुको साटो पार्टी नेतृत्वको रापतापमा बस्ने र उसैको निर्देशनमा हिँड्ने गर्दा पनि यस्तो सकस भएको हो । 

लोकतान्त्रिक पार्टीको नेतृत्व लोकतान्त्रिक विधि अनुसरण गर्नबाट किन भागिरहेको होला ?
विगतमा नेविसंघ या अन्य कुनै भ्रातृ संस्थाको नेतृत्व गरेका नेताहरू नै अहिले पार्टीका पदाधिकारी तथा कार्य सम्पादन समितिमा हुनुहुन्छ । केन्द्रीय समितिमा पनि अवस्था त्यस्तै छ । उहाँहरूले विगतमा आफू नेविसंघ या अन्य कुनै भ्रातृ संस्थामा हुँदा काम गर्न नपाएको, आफ्नो विरोध भएको या कुनै अप्ठ्यारो झेलेको कुण्ठाको परावर्तन अहिले भ्रातृ संस्थाहरूमाथि गराइरहनुभएको छ । भ्रातृ संस्था र पार्टी नेतृत्वमा बस्नेहरूले विधान कुल्चिनुको परिणाम हो यो ।

पार्टीका भ्रातृ संस्थालाई लोकतान्त्रिक विधिबाट गति दिन के गर्नुपर्ला ?
लोकतान्त्रिक पार्टीमा कम्युनिस्ट पार्टीमा जस्तो केन्द्रीय कमिटीबाट भ्रातृ संस्थाको नेतृत्व सोझै घोषणा गर्न मिल्दैन । पार्टी नेतृत्वले भ्रातृ संस्थाको नेतृत्वलाई टीका लगाएर जान थाल्यो, महाधिवेशन गर्ने रुचि देखाएन भने पार्टीको लोकतान्त्रिक चरित्रमै प्रश्न उठ्छ । त्यसैले, नेतृत्वले आफूखुसी भ्रातृ संस्थाको नेतृत्वमा पजनी गर्ने विधि त्याग्नुपर्छ । महाधिवेशनमार्फत भ्रातृ संस्थाको नेतृत्व चयन गर्न सकियो भने १० हजारभन्दा बढी नेता कार्यकर्ताको व्यवस्थापन हुन सक्छ ।