मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०८० जेठ २१ आइतबार २०:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिप दुर्घटनामा तीनजनाको मृत्यु, १२ घाइते, मृतकको पहिचान खुल्न बाँकी

Read Time : < 1 मिनेट
२०८० जेठ २१ आइतबार २०:०२:००

पाल्पाको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। घटनामा परेर १२ जना घाइते भएका छन्।

रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँचीको पणेनातर्फ गइरहेको लु. १ च ९०२४ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रहेका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए। 
जिप साढे ५ बजेतिर दुर्घटनामा परेको हो। मृत्यु हुनेको पहिचान खुलेको छैन। मृतकमध्ये दुई महिला र एक पुरुष छन्।

प्रहरीका अनुसार घाइतेहरूलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ। दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ।