१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २१ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ २१ आइतबार १७:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गहुँको बिल बनाएर युरिया मल तस्करी, ४ वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २१ आइतबार १७:४८:oo

गहुँको बिल बनाएर युरिया मल ल्याउँदै गरेका दुईसहित ४ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकलाई पूर्वी नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस दलदलेले नियन्त्रणमा लिएको हो। बर्दघाटबाट काठमाडौंस्थित श्रेष्ठ किराना स्टोरको नाममा ४२० बोरा गहुँको बिल बनाएर ल्याउँदै गरेको युरिया मलसहित ना ६ ख ५२६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

यसअघि गत शुक्रबार सोही प्रकृतिको बिल बनाएर अवैध रूपमा युरिया मल बोकेको ना ६ ख १८६४ नम्बरको ट्रकसमेत सोही बेसले नियन्त्रणमा लिएको थियो। यस्तै, गत १९ गते शुक्रबार नै सशस्त्र प्रहरी बल नेपाल राजस्व चुहावट नियन्त्रण सुरक्षा बेस पथलैयाले बेबी अम्रेला (बच्चाको छाता) बोकेको ट्रक नियन्त्रणमा लिएको छ। राजस्व छलीको आशंकामा ना ७ ख ७२९० नम्बरको ट्रक बारास्थित पथलैयाबाट नियन्त्रणमा लिइएको हो ।

तीनवटै ट्रक आवश्यक अनुसन्धानको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
 
यसैगरी, गत १८ गते बिहीबार भन्सार छली अवैध रूपमा ल्याउँदै गरेको ५५ लाख १२ हजार ९६२ रुपैयाँबराबरको कपडा र मिनी ट्रक सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालिनीमाई गण मोरङले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएको ना ६ ख ६६६४ नम्बरको कपडासहितको मिनी ट्रक आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।