१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ २१ आइतबार ०८:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

गोल्छा ग्रुपले इन्डियन आयलसँगको संयुक्त लगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ २१ आइतबार ०८:५०:००

गोल्छा ग्रुपअन्तर्गतको हंसराज हुलास चन्द एन्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँगको संयुक्त लगानीमा ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना गर्ने भएको छ ।

सन् २०२४ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको उक्त ल्युब ब्लेन्डिङ प्लान्टमा दुवै कम्पनीले ५०–५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । यस संयुक्त लगानीको पहिलो चरणअन्तर्गत अधिकारिक पुँजी लगानी लगभग ६० करोडबराबर हुनेछ । सम्झौताको विषयमा बोल्दै गोल्छा ग्रुपका म्यानेजिङ डाइरेक्टर एवं अध्यक्ष शेखर गोल्छाले भने, ‘भारतकै सबैभन्दा ठूलो कम्पनी इन्डियन आयलसँगको हाम्रो लामो सहयात्राको शुभारम्भ भएको छ । यो पहिलो खुड्किला हो र भविष्यमा अन्य थप उद्योग स्थापना गर्ने बृहत् योजना छ । हामी यो साझेदारी र यसले नेपालको औद्योगिक क्षत्रमा ल्याउने परिवर्तनलाई लिएर अत्यन्तै उत्साहित छौँ ।’

यो साझेदारी क्षेत्रीय आर्थिक वृद्धिलाई बढावा दिन, आत्मनिर्भरता प्रवद्र्धन गर्न र लुब्रिकेन्ट उद्योगमा प्राविधिक विकासलाई अगाडि बढाउन समर्पित रहको उनले बताए । ‘मेड इन नेपाल’को परिकल्पनालाई साकार पार्न र लुब्रिकेन्ट उद्योगमा प्रविधिको विकास गर्न यस ल्युब ब्लेन्डिङ प्लान्टको स्थापना महत्वपूर्ण कोसेढुंगा मानिएको छ ।

यति मात्र नभई यो संयुक्त लगानी सम्झौताले दुवै साझेदारहरूको दिगो विकास र जिम्मेवार व्यावसायिक अभ्यासहरूप्रति साझा प्रतिबद्धता जनाउँछ । यो ऐतिहासिक सहकार्यले नेपालको विकास र समृद्धिलाई प्रोत्साहन गर्ने साझेदारीको नयाँ अध्यायको प्रेरणादायी सुरुवात गर्नेछ । गोल्छा समूह र इन्डियन आयलबीचको संयुक्त उद्यमले आगामी पुस्ताका लागि उज्यालो भविष्यका लागि मार्ग प्रदान गर्ने गोल्छाले बताए ।