Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बेपत्ताको खोजी गर्दै गोताखोरको टोली
विदुर पौडेल सिन्धुली
२०८० जेठ २० शनिबार ०६:०५:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सिटिइभिटीको गाडी सुनकोसीमा खस्दा सहसचिवसहित तीन कर्मचारी बेपत्ता

Read Time : < 1 मिनेट
विदुर पौडेल, सिन्धुली
२०८० जेठ २० शनिबार ०६:०५:००

मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनमा प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को स्कारपियो गाडी सुनकोसी नदीमा खस्दा तीन कर्मचारी बेपत्ता भएका छन् । 

भक्तपुरको सानोठिमीबाट खोटाङतर्फ जाँदै गरेको बिएबी ७४६७ नम्बरको स्कारपियो गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोसी नदीमा खसेको र तीनजना कर्मचारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । 

तनहुँ भानु नगरपालिका– ९ स्थायी ठेगाना भई सिटिइभिटीका सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका– ७ स्थायी ठेगाना भएका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई विद्युत् प्रशिक्षक पदमा कार्यरत भानु पौडेल बेपत्ता भएका हुन् । चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए ।

चालकको भनाइ उद्धृत गर्दै दाहालले बताएअनुसार गाडीको ब्रेक फेल भई भित्तातर्फ लगेको भए पनि भित्ताबाट पुनः गाडी अनियन्त्रित भई नदीमा खस्न पुगेको हो । गाडी र बेपत्ताको खोजीका लागि शुक्रबार काठमाडौंबाट गोताखोरको टोली परिचालन भएको छ । शुक्रबार साँझसम्ममा सवारीसाधन र गाडीमा सवार व्यक्तिको अवस्था पत्ता नलागेपछि खोजबिन स्थगित गरिएको र शनिबार फेरि खोजी हुने उनले बताए ।