१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अन्तरदेशीय भुक्तानीका लागि फोन पे र लंका पेबीच समझदारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:४७:oo

भुक्तानी नेटवर्क फोन पेले नेपाल र श्रीलंका पेबीच अन्तरआबद्धतायोग्य भुक्तानी प्रणाली विकासका लागि सहकार्य गर्न श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंका पेसँग समझदारी गरेको छ । यस किसिमको डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्तालाई निर्बाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउने निष्कर्षसहित फोन पेले समझदारी गरेको हो । 

फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र लंका पेका सिइओ चन्ना डी सिल्भाले समझदारीपत्रमा हस्ताक्षर गरेको जनाइएको छ । हस्ताक्षर कार्यक्रममा नेपालका लागि श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरी प्रमुख निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको जनाइएको छ । त्यस्तै, एफवान सफ्ट ग्रुपका स्ट्राटेजी डिरेक्टर डेनियल डी श्रेष्ठ र फोन पेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको उल्लेख छ । 

यो सहकार्यले श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंका पेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोन पे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्युआर’ भुक्तानी गर्न सक्ने जनाइएको छ । त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकले फोन पेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्युआर’ भुक्तानी गर्न सक्ने उललेख छ । समझदारीसँगै फोनपे वा लंका पेमध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्ने फोन पेले जनाएको छ । 

सहमतिपछि फोन पेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले यो सहकार्यले नयाँ अवसरहरू विस्तार गर्ने, वित्तीय समावेशीकरण बढाउने र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने प्रतिबद्धताको प्रमाण भएको बताए । यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नका लागि मद्दत पु¥याउने उनको भनाइ थियो ।

लंका पेका प्रमुख कार्यकारी अधिकृत चन्ना डी सिल्भाले यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्वपूर्ण कोसेढुंगा साबित भएको बताए । ग्रुप स्ट्राटेजी डिरेक्टर डेनियल डी श्रेष्ठले श्रीलंकाको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कसँगको यो समझदारीले बैंक तथा वित्तीय संस्थाहरूसँग संयुक्त रूपमा नेपालमा हासिल गरेका सफलताहरूलाई अन्तर्राष्ट्रिय बजारमा पनि दोहो¥याउने दीर्घकालीन रणनीतिको हिस्सा भएको बताए । फोन पेका अध्यक्ष विश्वास ढकालले यो सहकार्य फोन पेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको बताए । 

ad
ad