मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०८० जेठ १८ बिहीबार २०:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाहको प्रस्ताव नमान्दा दुईजनाको हत्या

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०८० जेठ १८ बिहीबार २०:५९:००

कपिलवस्तुको बाणगंगामा दुईजनाको हत्या भएको छ । बाणगंगा नगरपालिका– ६, मटेरियाका ७० वर्षीय बमबहादुर थारू र उनकी भतिजी २२ वर्षीय अन्जनी थारूको चक्कु प्रहार गरी हत्या गरिएको हो। 

विवाहको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । 
दुवैजनामाथि आज बिहान ९ बजेतिर चक्कु प्रहार भएको थियो । तत्काल उपचारका लागि भतिजीलाई भैरहवा मेडिकल कलेज र काकालाई स्थानीय अस्पतालमा लगिएको थियो । बमबहादुरको जितपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । 

रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारूले उनीहरूमाथि चक्कु प्रहार गरेको डिएसपी घलेले जानकारी दिए । प्रहरीका अनुसार मोहन थारू र अन्जनी थारू विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए । हत्या गर्ने थारूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।