१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आमाबाबुमाथि बन्चरो प्रहार, छाेरा फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:४o:oo

बझाङको जयपृथ्वी नगरपालिका– ११ मा एक छोराले आमाबाबुमाथि बन्चरो प्रहार गरेका छन् । बन्चरो प्रहारबाट दुवै घाइते भएका छन् । बाबुकाे अवस्था गम्भीर छ । 

जयपृथ्वी नगरपालिका– ११ दैकुमलामा १६ वर्षीय अमृत रोकायाले आमाबाबुमाथि बन्चरो प्रहार गरेका हुन् । आज बिहानै घटनापछि उनी फरार भएका छन् । 

मंगलबार बिहान करिब तीन बजेतिर सुतिरहेका बाबुमाथि बन्चरो प्रहार भएको पाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पटक–पटक झैझगडामा परेका छोरालाई सम्झाएर सुतेका बाबुमाथि सुतेकै अवस्थामा आक्रमण भएको हो । 

आमाले थाहा पाएपछि बन्चरो खोस्न लाग्दा अमृतले आमामाथि पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । 

घाइते बाबुको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि कैलालीस्थित धनगढी रिफर गरिएको छ । आमाको पिठ्युँमा तीन टाँका लगाइएको जिल्ला अस्पताल बझाङले जनाएको छ । बन्चरो प्रहारपछि फरार भएका अमृतको प्रहरीले खोजी गरिरहेको छ । 

ad
ad