१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०८० जेठ १६ मंगलबार ०७:२६:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०८० जेठ १६ मंगलबार ०७:२६:००

आगामी आर्थिक वर्षको बजेट कस्तो लाग्यो ?
समग्रमा बजेटको आकार बढाइएन । बजेटको आकार नबढ्नु सकारात्मक छ । त्यसबाहेक तीन, साढे तीन घन्टा लगाएर पढेको बजेट यसअघि विष्णु पौडेल, जनार्दन शर्मालगायत अर्थमन्त्री हुँदा पढिएकोभन्दा खासै फरक देखिन्न । यसले अहिलेको वित्त संकटबाट देशलाई मुक्त गर्ने सन्दर्भमा कुनै ठोस योजना ल्याउन सकेको छैन । सामान्य योजना र कार्यक्रम थपघट मात्र गरिएका छन् । नयाँ र उल्लेख्य कार्यक्रम खासै छैनन् । 

यस बजेटका सबले पक्ष के–के हुन् ?
बजेटको आकार धेरै नबढ्नु यसको सबल पक्ष हो । यो बजेट धेरै हावादारी छैन । हुन त अहिले १७ खर्ब ५१ अर्बको बजेट भनिए पनि पछि यो संशोधित अनुमानमा १५ खर्बमा झर्छ । किनकि, राजस्व र वैदेशिक सहायताको लक्ष्य पूरा हुने विश्वसनीय आधार देखिँदैन ।

बजेटका दुर्बल पक्ष के–के हुन् ?
यो बजेटले संघीयताको प्रावधान र मर्मविपरीत मरिसकेको सांसद् विकास कोषलाई पुनः ब्युँताएको छ । यो यसको सबैभन्दा ठूलो दुर्बल पक्ष हो । साधारण खर्च घटाउने भनिए पनि त्यसलाई उल्टै बढाउने काम गरिएको छ । अनुत्पादक र रुग्ण संस्थान खारेज गर्ने भनिए पनि बजेटमा त्यसबारे ठोस प्रस्ताव देखिन्न । खर्च र राजस्वको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा पनि बजेट अलमलमै देखिन्छ । बजेटमा समावेश विभिन्न योजना कार्यान्वयन कसरी गर्ने भन्नेबारे पनि बजेट प्रस्ट देखिन्न ।