१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १५ सोमबार १८:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती नदीमा सफा पानी बगाउन ड्याम निर्माण गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:५४:oo

सरकारले बागमती क्षेत्रमा सफा पानी बगाउन शिवपुरी क्षेत्रमा ड्याम निर्माण गर्ने भएको छ। 

अर्थमन्त्री डा. प्रकाशरण महतले बागमतीमा सफा पानी बग्ने अवस्था बनाउनका लागि आगामी वर्ष ड्याम निर्माण गरिने बताए। 

नदी आसपासको बसोवास क्षेत्रबाट बागमतीमा ढल मिसिँदा नदी फोहोर बनेको छ। बागमती क्षेत्रका सबैजसो मूल मुहान खानेपानीको प्रयोजनमा प्रयोग गरिएसँगै हिउँदमा बागमती सुक्खा बन्ने अवस्थामा छ। नदीमा पानी सुक्न नदिन सरकारले ड्याम निर्माण गर्ने भएको हो।