
सरकारले दुर्गम क्षेत्रमा उडान भर्ने वायुसेवा कम्पनीलाई अनुदान दिने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
केही दुर्गम ठाउँमा विमानस्थल बनाए पनि वायुसेवा कम्पनीहरू उडान भर्न आकर्षित भएका छैनन्। त्यस अवस्थामा सरकारले यस्तो नीति ल्याएको हो।