१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १२:३४:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

गजल मुशायरा तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १२:३४:oo

नेपाल गजल प्रतिष्ठानको आयोजनामा गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ। शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रतिष्ठानले गजल मुशायरा एवं पुस्तक विमोचन कार्यक्रम गरेको हो।

कार्यक्रममा गजल विधाका अथक साधकत्रय आवाज शर्मा, डा. प्रदीपकुमार मैनाली र शान्ति शर्माले आफ्ना पाँच–पाँचवटा एवं नवोदित युवा गजल साधक विनोद बिम्बित, आर्य आयुषा र परिविक्रमले एक–एकवटा गजल प्रस्तुत गरेका थिए।

प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नेपाली गीत, संगीत एवं काव्य विधाका व्यक्तित्वहरू, विविध संस्थाका प्रतिनिधिहरू, पत्रकारलगायत गजलप्रेमीहरू गरी करिब दुईजनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा युवा गजल साधक परिविक्रमद्वारा लिखित गजलसंग्रह ‘अंकमाल’को लोकार्पणसमेत गरिएको छ। प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ, आवाज शर्मा, डा. प्रदीपकुमार मैनाली, शान्ति शर्मा र परिविक्रमले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

अंमाल संस्थाले ०७९ सालमा आयोजना गरेको विश्वव्यापी गजल प्रतियोगितामा गजलकार परिविक्रम प्रथम भएकाले पुरस्कारस्वरूप प्रतिष्ठानले उक्त गजलसंग्रह प्रकाशन गरेको हो।