१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 09 May, 2025
२o८o जेठ १५ सोमबार o७:५४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ठेकेदारको धरौटीबाट महुरे–सिम्पानी सडक मर्मत सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार o७:५४:oo

दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक ठेकेदारको धरौटी रकमबाट मर्मत सुरु गरिएको छ । सगरमाथा राजमार्गअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी २२ किलोमिटर खण्ड कालोपत्रेको ठेक्का लिएको भारत कन्स्ट्रक्सन–सिद्धी शाही जेभीले काम अलपत्र छाडेर हिँडेपछि सडक विभाग गाईघाट उदयपुरले सोही ठेकेदार कम्पनीको धरौटी रकमबाट खर्च हुने गरी सडक मर्मत सुरु गरेको हो । 

सहज आवतजावतका लागि महुरे–सिम्पानी सडकखण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्नेलगायतका काम सुरु गरिएको सडक विभागको कार्यालय गाईघाट उदयपुरका कार्यालयका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । 

पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि ६–७ महिनासम्म ठेकेदार सम्पर्कमा नआएपछि उसकै धरौटी रकम काटिने गरी सडक मर्मत–सम्भार सुरु गरिएको इन्जिनियर खकुरेलले बताए । ठेक्का सम्झौता गर्ने क्रममा भारत कन्स्ट्रक्सन–सिद्धी शाहीले विभागमा करिब एक करोड धरौटी जम्मा गरेको जनाइएको छ । सडक मर्मत तथा सुधारका क्रममा त्यही ठेकेदारले जम्मा गरेको धरौटीबापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ ।