Skip This
निजी क्षेत्रसँगको सहकार्यले समयमै पाठ्यपुस्तक पुग्यो : मुद्रण उद्योग महासंघ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
२o८o जेठ १४ आइतबार १९:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निजी क्षेत्रसँगको सहकार्यले समयमै पाठ्यपुस्तक पुग्यो : मुद्रण उद्योग महासंघ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १९:१२:oo

नेपाल मुद्रण उद्योग महासंघले निजी क्षेत्रसँग सहकार्य गर्दा समयमै पाठ्यपुस्तक पुगेको दाबी गरेको छ। महासंघले शैक्षिक सत्र ०८० मा कक्षा १ देखि १० सम्मका सरकारी पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको हात-हातमा पुगेको भन्दै सरकारको भूमिकाको प्रशंसा गरेको हो।

‘पुस्तक अभाव भएको समाचार हामी कसैले लेख्नु पनि परेन र पढ्नु पनि परेन। विगत वर्षहरूमा निजी क्षेत्रले समेत छपाइ तथा वितरण अनुमति प्राप्त गरेको कक्षा ४ र कक्षा ५ को पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको अधिकार शैक्षिक सत्र ०७९ मा खोसिएको कारणले पाठ्यपुस्तकको अभाव हुन गई लाखौँ विद्यार्थीहरू पाठ्यपुस्तकविना नै परीक्षा दिन वाध्य भएका थिए भने निजी छापाखानाका मेसिन तथा जनशक्ति कामविहीन अवस्थामा पुगेका थिए,’  महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले यसपटक नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सुझबुझपूर्ण निर्णयले कक्षा १–५ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रकोसमेत सहभागितामा छपाइ तथा बिक्री वितरण गर्न पुनः अनुमति प्राप्त भएपछि यो सम्भव भएको जनाएको छ।

निजी क्षेत्रद्वारा कक्षा १–५ सम्मका २५ लाख ९१ हजार ३८३ विद्यार्थीलाई आवश्यक एक करोड २३ लाख ३६ हजार६०४ थान पाठ्यपुस्तक छपाइ गरी चैत १५ गतेभित्र नै ७७ वटै जिल्लामा पुर्‍याइएको थियो। महासंघले सरकारले तोकेकै मूल्यमा पाठ्यपुस्तक बिक्री वितरण भएको जानकारी गराएको छ।

उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल, उपाध्यक्ष ज्योत्सना श्रेष्ठसहित कार्यसमिति सदस्यहरूलाई सम्मान गरिएको हो।