मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०८० जेठ १४ आइतबार १६:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराजका कार्यबाहक मेयर र प्रशासकीय अधिकृतमाथि अख्तियारले थाल्यो छानबिन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० जेठ १४ आइतबार १६:३९:००

राजविराज नगरपालिकाका कार्यबाहक नगरप्रमुख इसरत परविन र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। 

नयाँ पत्रिकामा ‘भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै’ समाचार बाहिरिएपछि अख्तियारले मेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवमाथि अनुसन्धान थालेको हो।

अख्तियार इटहरीले राजविराज नगरपालिकालाई पत्र लेख्दै नगरपालिकाले कुन आधारमा कर्मचारी भर्ना गरिएको भन्दै सम्बन्धित सम्पूर्ण कागजात मगाएको अख्तियारका एक कर्मचारीले जानकारी दिए। 

नगर प्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। 

कार्यबाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले हालसम्म तीनजनालाई आफ्नो तोकआदेशमा दैनिक ज्यालादारीमा नियुक्ति दिएकी छिन् । उनले राजविराज– १ की ईशा परबिनलाई असोज ४ मा र मोहम्मद सलाउद्दिनलाई असोज ९ तथा राजविराज– २ का हरिनारायण साहलाई असोज ११ मा नियुक्ति दिएकी हुन्। 

निशालाई दैनिक एक हजार ९६ रुपैयाँ तलब दिने गरी कम्प्युटर अपरेटरमा नियुक्ति दिइएको छ । त्यस्तै, सलाउद्दिनलाई दैनिक सात सय रुपैयाँ दिने गरी कार्यालय सहयोगी तथा हरिनारायणलाई दैनिक एक हजार एक सय ५७ रुपैयाँ दिने गरी सहायकस्तरको पाँचौँ तहमा नियुक्ति दिइएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका भोगेन्द्र यादवले समेत तोकआदेशका भरमा नियुक्ति दिएका थिए। 

उनी स्थानीय चुनावअघि ०७८ चैत १६ देखि गत भदौ ४ सम्म प्रमुख प्रशासकीय अधिकृत रहेका थिए। यादवले नौसाद अली, सुरज कार्की, श्यामनारायण यादव, जगदेव यादव, राजेशकुमार दास र प्रदीपकुमार यादवलाई करारमा नियुक्ति दिएका थिए। 

भ्रष्टाचारमा मेयर निलम्बित, उपमेयर र प्रशासकीय अधिकृत तोकआदेशमा कर्मचारी भर्ना गर्दै भन्ने समाचार गत माघ २३  नयाँ पत्रिकाले प्रकाशित गरेको थियो।