
महालक्ष्मी विकास बैंकले २९औँ वार्षिकोत्सवको अवसरमा भिसा क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमबीच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् ।
ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
क्रेडिट कार्ड प्रयोगकर्ताले पोइन्ट अफ सेल, अनलाइन कारोबार तथा भिसा कार्डमार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिनसम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजारदेखि पाँच लाखसम्म पाउने तथा नेपाल, भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिनेजस्ता विशेषता क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।