१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Friday, 09 May, 2025
रासस बेइजिङ
२o८o जेठ १२ शुक्रबार १६:o६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चीन–भुटान सीमा बैठक सम्पन्न

Read Time : < 1 मिनेट
रासस, बेइजिङ
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार १६:o६:oo

चीन र भुटानबीच सीमासम्बन्धी बैठक सम्पन्न भएको छ। गत बुधबार र बिहीबार भुटानको राजधानी थिम्पुमा सीमासम्बन्धी १२औँ विज्ञ समूह बैठक (इजिएम) भएको हो।

बैठकमा चीनको कुन्मिङमा भएको ११औँ बैठकमा भएको सकारात्मक सहमतिको समीक्षा गर्दै दुई देशबीचको सीमा वार्तालाई तीव्रता दिने तीन चरणको मार्गचित्रलाई कार्यान्वयनमा लैजान भएका प्रगतिप्रति दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्। मैत्रीपूर्ण वातावरणमा भएको बैठकमा चीन–भुटान सीमासम्बन्धी सबै विषयमा गहन छलफल भएको थियो।

चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा महासागर मामिलासम्बन्धी विभागका महानिर्देशक होङ लियाङले गरेका थिए। भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानको अन्तर्राष्ट्रिय सीमा सचिव लेथो तोब्धेन ताङ्बीले गरेका थिए। समूहको अर्को बैठक आपसी सहमतिमा दुवै पक्षलाई सहज हुने मितिमा बेइजिङमा आयोजना गर्न चीन र भुटान सहमत भएका बताइएको छ।