मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १० बुधबार
  • Wednesday, 18 December, 2024
तिवारी यादव वीरगन्ज
२o८o जेठ १० बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पर्सामा दोहोरो नागरिकता लिनेमाथि छानबिन गर्न उजुरी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार ११:३५:oo

दोहोरो नागरिकता प्राप्त गरेकाहरूको छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता हुने क्रम बढेको छ।

अन्य देशको नागरिक हुँदाहुँदै नेपालको पनि नागरिकता लिएकाहरूको नागरिकता छानबिन गर्न उजुरी दर्ता हुने क्रम बढेको हो।

दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा उजुरी दर्ता हुँदै आएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साको निवेदन शाखाका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा पर्सामा दोहोरो नागरिकतासम्बन्धी ४० वटा उजुरी दर्ता भएका छन्। जसमा गृह मन्त्रालयमा मात्र १६ वटा दर्ता भएका छन्।

जसमध्ये १३ वटा मात्र मुद्दा फर्स्याेट भएको छ भने २७ वटा अझै फर्स्याेट गर्न बाँकी रहेको निवेदन शाखाका खरिदार शिवशंकर साहले बताए।

निवेदन शाखाका खरिदार साहका अनुसार नागरिकतासम्बन्धी गृह मन्त्रालयमा पनि दर्ता भएको उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा नै आउने गरेको छ।

यस्तै, चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग राखी ३७ वटा उजुरी दर्ता भएका छन्।

त्यसमा गृह मन्त्रालयमा मात्र ११ वटा दर्ता भएको छ। बाँकी सबै जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भएको साहले बताए। उनका अनुसार चालू आर्थिक वर्षमा ०७९/८० मा दर्ता भएको उजुरीमध्ये नाैवटा मात्र फर्स्याेट भएका छन् भने २८ वटा उजुरी अझै फर्स्याेट गर्न बाँकी छन्।