मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० जेठ १० बुधबार १०:१५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

देउवाको विश्वास : कानुनी प्रक्रियामा खाण निर्दोष साबित हुन्छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० जेठ १० बुधबार १०:१५:००

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराहीमा पुगेका युवा नेता, केन्द्रीय सदस्य र सांसदहरूसँगको कुराकानीमा देउवाले कानुनी प्रक्रियामा बालकृष्ण खाण निर्दोष साबित हुने विश्वास व्यक्त गरेका छन् ।

‘उहाँ (खाण)  नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न हुनुहुन्छ भन्नेमा मलाई विश्वास छैन । अहिले नै दोषी करार भएजसरी प्रस्तुत गरिएको छ । प्रहरी र मिडियाले दोषी करार गर्दैमा हुँदैन । उहाँको विषयमा धेरै चिन्ता नगर्नुस् । कानुनी प्रक्रियामा उहाँ निर्दोष हुनुहुन्छ भन्ने मलाई विश्वास छ,’ देउवाको भनाइ थियो ।