१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o जेठ ९ मंगलबार १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतपुर महानगर र कृषि तथा वन विश्वविद्यालयको  झण्डा सगरमाथामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार १७:१७:oo

विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिका र कृषि तथा वन विश्वविद्यालय रामपुरको झण्डा फहराइएको छ। गाइड नरेन ठकुरी र सहायक गाइड चेतन भोटे गत चैत २१ गते काठमाडौंबाट सगरमाथा प्रस्थान गरेका थिए।

वैशाख २५ गते आधार शिविरबाट हिँडेको टोली २०८० जेठ ३ गते विहान ८ः३३ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो। उक्त टोली अहिले काठमाडौं फिर्ता भइसकेको छ।

महानगरपालिकाको विकास र समृद्धिको अभियानलाई सफल बनाउन विश्वको सर्वोच्च शिखर सगरमाथामा भरतपुर महानगरपालिकाको झण्डा फहराइएको महानगरपालिकी प्रमुख रेनु दाहालले जानकारी दिइन्। विश्वको सबैभन्दा होचो भूमि रहेको इजरायलदेखि विश्वको सबैभन्दा उच्च स्थानसम्म कृषि तथा वन विश्वविद्यालय रामपुरका विद्यार्थी छन् भन्ने सन्देश प्रवाह गर्न सगरमाथामा झण्डा लगिएको विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले बताए।