१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ९ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o जेठ ९ मंगलबार o८:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बढी मूल्य असुल्ने पेट्रोल पम्पलाई दुई लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ९ मंगलबार o८:३९:oo

उपभोक्तासँग बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले मन्थलीस्थित लक्ष्मी आयल स्टोर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । 

रामेछाप उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष केशवप्रसाद घिमिरेले सञ्चालन गरेको लक्ष्मी आयलले नेपाल आयल निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनविपरीत बिक्रीवितरण गरेको थियो । सोबारे जिल्ला प्रशासनमा लिखित उजुरी परेपछि उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरे नेतृत्वको अनुुगमन टोलीले आयल स्टोर्सलाई जरिवाना गरेको हो ।

आयल निगमले ३ जेठमा गरेको मूल्य समायोजनविपरीत थप मूल्य लिई पेट्रोलियम पदार्थ बिक्रीवितरण गरेको पाइएपछि उपभोक्ता हकहित संरक्षणअनुसार जरिवाना गरिएको उपभोक्ता संरक्षण विभाग रामेछापका निरीक्षण अधिकृत एवं सहायक प्रजिअ घिमिरेले जानकारी दिए ।

‘लक्ष्मी आयल यसअघि तेल मिसावटलगायतका विभिन्न घटनामा पटक–पटक जरिवानामा परिसकेकाले कानुनको नजरमा पटके परेको देखिएकाले त्यहीअनुसार जरिवाना गरिएको हो,’ उनले भने, ‘रामेछापमा पेट्रोल पम्पले कृत्रिम अभाव गराएकाले सबै पम्पको अनुगमन गरिने र कानुनअनुसार कारबाहीको दायरामा ल्याइनेछ ।’

यता, पम्प सञ्चालक केशवप्रसाद घिमिरेले भने आफूले कुनै पनि अपराध नगर्दा पनि जबर्जस्ती कारबाहीको नाममा प्रशासनले आफूमाथि ठूलो अन्याय गरेको बताए । ‘जिल्लामा कुनै पम्पमा तेल नहुँदा पनि मैले नियमित ल्याएर बिक्रीवितरण गरेको छु,’ उनले भने, ‘राज्यले निर्धारण गरेकोभन्दा बढी मूल्य पनि लिएको छैन ।’