१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १७:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघको प्रश्न – पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी किन हटाइयो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १७:o४:oo

नेपाल विद्यार्थी संघले कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतको जीवनी हटाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्याललाई यस विषयमा ध्यानाकर्षण गराएका हुन्। शेर्पाले टेलिफोनमार्फत यसबारे ध्यानाकर्षण गराएको जानकारी दिए। जवाफमा अर्यालले कक्षा १० को पाठ्यक्रमबाट मात्रै जीवनी हटाइएको जानकारी गराएका शेर्पाले बताए।

‘महानिर्देशकज्यूले कक्षा १० को पाठ्यक्रमबाट हटाएको भए तापनि कक्षा ७ र ८ को पाठ्यक्रममा समावेश गरेको जानकारी दिनुभयो,’ शेर्पाले भने।